सबैको मन मुटुमा बस्दै बसन्त लम्सालको डाँफे चरी

लोकप्रिय गायक बसन्त लम्सालको डाँफे चरी यतिबेला सबैको मन मुटुमा बस्दै गएको छ । अर्घादरवार फिल्मस प्रा .लिको बजार व्यवस्थापनमा अर्घाखाँची जिल्लामा जन्म भई सांगित क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल बसन्त लम्सालको स्वरमा सजिएको डाँफे चरी दर्शकको धेरै माया बटुल्दै गएको छ ।

यही कार्तिक ८ गते युट्युव मार्फत सार्वजनिक भएको डाँफेचरीमा पछिलो समयमा सर्वाधिक लोकप्रिय कमाउन सफल नायक तथा मोडेल पल शाहं र रियाशा दाहालले मोडेलिङ गरेका छन् । बिश्वास नेपालको एरेन्ज गरेको डाँफे चरीमा लम्साल सहित चर्चित लोक दोहोरी गायिका शान्तिश्री परिवारको आवाज रहेको छ ।

 

रविन ज्ञवालीको शव्द तथा बसन्त लम्सालको संगितमा सजिएको डाँफे चरी गित युट्युवमा सर्वाधिक रुचाईएको पाईन्छ । बसन्त लम्साल भन्नुहुन्छ “तपाईको यो माँया प्रति धन्यवाद व्यक्त गदै डाँफे चरी तपाईको अझै माँयाको खाँचो छ ” भन्नु हुन्छ ।

तपाइको प्रतिक्रिया