बाँकेमा मुस्लिम धर्मालम्बीले मोहम्मद डे धुमधामसंग मनाए

कोभिड १९ को महामारीबीच ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैही वसल्लमको १४९४ औं शुभ जन्मोत्सव बाँकेमा धुमधामका साथ मनाईएको छ । नेपालगन्ज, कोहलपुर लगाएत क्षेत्रमा रहेका मुस्लिम धर्मावलम्बीले आज रर्यालीको आयोजना गरे ।

 

सो अवसरमा नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, चिया र अन्य सामाग्रीहरु पनि बितरण गरिएको थियो । शुभजन्मोत्सव जुलुशले नेपालगञ्जका सबै मुख्य भागको परिक्रमा गरी करिब पाँच घण्टाको हिंडाईपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन भएको थियो ।

 







समापनमा बोल्दै अधिकांश मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश भाइचारा, शान्ति र सदभाव भएकोले सोही बमोजिम सदभाव कायम राख्न सबैसँग आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया