अछाममा संरक्षणको अभावमा लोप हुँदै जातो र घट्ट ब्यबसाय,सरकारको प्राथमिकतामा नपरेको घट्ट ब्यबसायिको दुखेसो।

२०७७ असार,२२ गते।
सुनिल अधिकारी,अछाम।
सुदुरपस्चिम प्रदेश अन्तर्गत अछाम का विभिन्न स्थानीय तहहरुमा यतिखेर पुर्ख्यौली पेसा जातो र घट्ट लोप हुने क्रममा रहेका छन।पहिले पहिले असार ( साउन देखि घट्टमा दैनिक उपभोगका लागि अनाज पिसानी गर्नका लागि पालो कुर्नुपर्ने बाध्यता थियो भने आजभोली पहिलेका ती पालो कुर्नुपर्ने घट्टहरु जिर्ण र धोद्रा अबस्थामा देखापरेका छन।

बदलिँदो समयपरिस्थिति ,बिलासी जिबनयापन गर्ने जिबनशैली र अनियंत्रित मिलहरुको स्थापना ले गर्दा सिधै जातो र घट्ट ब्यबसाय माथी नकारात्मक प्रभाव पारेको रामारोशन गाउपालिका वडा न स्(५ का घट्ट ब्यबसायी काशिराम न्यौपानेको गुनासो रहेको छ । काशिराम मात्र होइनन काशिराम जस्ता हजारौ घट्ट ब्यबसायिहरुले सरकारले नया किसिमको बिकाश गरेपनी घट्ट र जातोलाइ संरक्षण नगर्दा ती घट्ट ब्यबसायीहरु यतिखेर बिदेश पलाएन भएको पन्चदेवल बिनायक नगरपालिका वडा न स्(३ का घट्ट ब्यबसायि मन्जिते रोकायले कन्चन आवाज अनलाइन लाई जानकारी दिए साथै जातो र घट्टमा पिसेको खाद्य बस्तुले शरिरलाइ फाइदा गर्ने र आबश्यक सन्तुलित आहरको परिपुर्ति गर्ने भएकाले स्थानिय सरकारले घट्ट र जातोलाइ बिस्थापन गर्नुभन्दा पनि उचित संरक्षण का लागि घट्ट ब्यबसायिलाइ बजेट छुट्याएर बार्है महिना घट्ट चलाउनका लागि ढोका खोलिदिन कमलबजार नगरपालिका बजुडाका एक स्थानिय बासिन्दा लाल बहादुर बुढाले अनुरोध गरे।

यसैबिच कन्चन आवाज अनलाइले जातो र घट्ट ब्यबसाय लाई स्थानिय सरकारले घट्ट ब्यबसायलाइ किन प्राथमिकता दिन सकेन होला भनेर सोधेको प्रश्ननमा कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण बजगाइ ढकालले घट्ट र जातो ब्यबसाय लोप हुनुको प्रमुख कारण मिल को प्रयोग भएको दाबी गर्नुभयो।साथै उहाले मिल पाएक पर्ने स्थानमा संचालित गरेको हुदा घट्ट मा कुटानी पिसानी गर्दा रातभरि नै बाँस समेत बस्नुपर्ने हुदा महिला लाई विभिन्न समस्या आउने भएकोले पछिल्लो समय घट्ट ब्यबसाय ओझेलमा परेको बताउनुभयो ।

यसैबीच उपप्रमुख बजगाइ ले घट्ट ब्यबसाय सन्चालन गर्नका लागि नगरबाट बजेट बिनियोजन गराउदा पनि घट्ट ब्यबसायी ले घट्ट निर्माण नै नगरी पैसा लाई कुम्ल्याउने परिपाटी रहेको दुखेसो समेत व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया