
“पन्चदेवल बिनायक अस्पताल”को शिलान्यास कार्यक्रम आज बिनायकमा सम्पन्न-कन्चन आवाज
सुनिल अधिकारी,अछाम।
२०७७ मङ्सिर १५ गते,रोज ०२
अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिका अन्तर्गत पन्चदेवल बिनायक अस्पताल शिलान्यास तथा शुभारम्भ कार्यक्रम आज एक औपचारिक कार्यक्रम का बिच बिनायकमा सम्पन्न भएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को प्राप्त पत्र अनुसार नगरपालिका को २ न- वडामा अवस्थित बिनायक स्वास्थ्य चौकिलाइ १० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको हो।
उक्त स्तरोन्नति कार्यक्रम का प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बहादुर बोगटी रहनु भएको थियो भने विशिष्ट अतिथी जिल्ला समन्वय समिती उपप्रमुख टोप बहादुर रावल रहनुभएको थियो।
यस्तै अन्य अतिथिहरुमा स्वास्थ्य कर्मी सङगठन केन्द्रिय सदस्य सिद्ध राज ढुंगाना , मङ्गलसैन नगरपालिका का नगरप्रमुख पदम बहादुर बोहरा,पन्चदेवल बिनायक नगरपालिका वडा न:-३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाही,नेकपा नगर अध्यक्ष नितेश कुमार रिमाल,नेपाली काङ्ग्रेस का कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना,पन्चदेवल क्याम्पस बिनायकका अध्यक्ष दिल बहादुर धामी,क्याम्पस प्रमुख बिनिता अधिकारी,पत्रकार ,समाजसेवी ,सुरक्षाकर्मी लगायत स्थानीय बासिको सहभागीता रहेको थियो।
यसैबीच,उक्त शिलन्यास तथा अस्पताल शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै माननीय बोगटिले “बिनायक जस्तो ठाउँमा १० सैयाको अस्पताल निर्माण हुनु अछाम मात्र नभएर कर्णाली प्रदेश का जनताका लागि खुसिको कुरा रहेको बताए”।एक फरक प्रसङ्ग मा बोल्दै उहाले”स्वास्थ्य जस्तो अत्यावश्यक ठाउँमा राजनितिकरण नगर्न पनि उल्लेख गर्नुभयो”।बरु यसको सट्टा सबै मिलेर यसको निर्माण कार्य अगाडि बढाउन पनि अनुरोध गर्नुभयो।
स्वास्थ्य चौकी स्तरोन्नति तथा पन्चदेवल बिनायक अस्पताल को शिलन्यास कार्यक्रम को अध्यक्षता ग्रहण स्वास्थ्य ब्यबस्थापन समिति का अध्यक्ष पदम बहादुर शाहिले गर्नुभएको थियो ।
पन्चदेवल बिनायक नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन नगरपालिकाका रोजगार संयोजक भरत अधिकारी ले गनुभएको थियो।