मेलम्ची खानेपानीको बाध फुट्यो,दुई बेपत्ता ,दुइजना घाइते

कन्चन आवाज अनलाइन
सिन्धुपाल्चोक असार ३०

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा २ जना आयोजनाका कर्मचारी बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन् । आज दिउसो गेटको बाँध फुटेको थियो ।

घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् ।

सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ भने घाईतेहरको उपचार भईरहेको छ । घाईते दुबै जनालाई हेलिकप्टर मार्फत काठमाण्डौको ग्रान्डी अस्पतालमा ल्याएर उपचार भईरहेको ईन्जिनियर राजेन्द्र पन्तले जानकारी दिए ।

अन्य दुई जना वेपत्ताको खोजी भईरहे पनि अहिले सम्म फेला पर्न नसकेको पनि पन्तले बताए । पानी परीक्षणको क्रममा यो दुर्घटना भएको पन्तले बताए ।

तपाइको प्रतिक्रिया