आर्थिक अभावले क्यान्सर पिडित किशोरीको उपचारमा समस्या , सहयोगको अपिल

श्रावण ४,अछाम। अछामकी एक किशोरी क्यान्सरको उपचार गर्न आर्थिक अभाव हुदा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा संकटमा परेकी छिन ।

ढकारी गाउपालीका-६ मोयकाडा कि १८ वर्षिया मन्सरा बुढाको बायाँ खुट्टामा क्यान्सर भएपछीआर्थिक अभाब हुदा उपचारमा समस्या भएको हो ।ढकारी-६स्थित अस्ट्शिद्दी माविमा कक्षा११मा अध्ययनरत मनसरा विपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत छिन ।

मनसराको आर्थीक अबस्था कमजोर रहेको छ। उनका वुवाको निधन भैसकेकोले पनि पारीवारीक रुपमा समस्या रहेको हुदा आफन्तको सहयोगले अस्पताल सम्म पुर्याइएको हो ।

उनका आफन्त भुपेन्द्र बहादुर बुढा र देबेन्द्रबहादुर बुढा मनसराको उपचारको लागि आर्थिक सहयोगमा जुटेका छन ।मनसराको उपचारमा करीब १०लाख सम्म खर्च लाग्ने भएको हुदा नागरीकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताएका छ्न ।अहिले सम्म सहयोगी ब्यक्तीहरुवाट(२००१२) बीस हजार बाह्र रुपैया सहयोग संकलन भएको र संकलीत रकम उपचाररत किशोरीको आमालाइ बुझाइसकेको बताएका छ्न ।

क्यान्सर पिडित मनसराको जीवन बचाउनको निम्ति सहयोग गर्न चाहने सम्पुर्णले बुढाद्वयलाई सम्पर्क गरि सहयोग गर्न सकिने छ ।भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०,९८६९५५३८०४ मा सम्पर्क गरि या देबेन्द्र बहादुर बुढाको सिटीजन्स बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१मा सहयोग रकम दिई क्यान्सर पिडित मन्सरा बुढाको उपचारमा सहयोग गर्न आग्रह गरेका छ्न।

। ।

तपाइको प्रतिक्रिया