बिनायकको वडा न :- ३ मा उदघाटन भयो स्वास्थ्य चौकी,सेवामुलक हुनुपर्नेमा जोड

२०७७ साउन ०९ रोज ०६
सुनिल अधिकारी,अछाम।

आज अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न:- ३ को स्वास्थ्य चौकी एक औपचारिक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

करिब ३४ लाख बराबरको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त स्वास्थ्य चौकी ले आजबाट स्वास्थ्य सेवा प्रवाह गर्ने खबरमा उल्लेख गरिएको छ।उक्त उदघाटन कार्यक्रमको अध्यक्षता ग्रहण वडा न:-३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले गर्नुभएको थियो भने कार्यक्रम को प्रमुख अतिथी पन्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने रहनु भएको थियो।

प्रमुख अतिथी को आसन बाट बोल्दै उपप्रमुख चलाउनेले “स्वास्थ्य सेवा अनिवार्य रहेकोले यस्को बिस्तार को लागि नेपाल सरकार को नीति अनुरुप नै अगाडि बढेको बताउनुभयो “साथै एक फरक प्रसङ्गमा बोल्दै यस वडामा माध्यामिक बिद्यालय,नगरपालिकाको कार्यालय त्यसैगरेर शिक्षाको उच्च ज्योति प्रदान गर्ने पन्चदेवल क्याम्पस र हाल आएर उक्त स्वास्थ्य चौकी यो वडामा पर्ने भएकाले थप प्रभाबकारी र सेवामुलक बनाउनका लागि सम्पुर्ण राजनैतिक दल,जनप्रतिनिधिहरु सङ्गै सिङ्गो नगरपालिका एकताबद्ध भएर अगाडि बढनुपर्ने कुरामा जोड समेत दिनुभयो ।

यसैबीच उक्त उदघाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष हरु,पन्चदेवल बिनायक नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिकान्त बजगाइ,नेकपा प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत,नेपाली काङ्ग्रेसका नगरसभापती खेमराज अधिकरी,स्वास्थ्यकर्मी पदमराज तिमिल्सिना,बजार ब्यबस्थापन समितीका अध्यक्ष प्रदिप सिंह कडायत,प्रहरी नायब निरीक्षक इस्वरी बम,कन्चन आवाज डटकमका प्रधान सम्पादक सुनिल अधिकारी ,रेडियो पन्चदेवल एफ एमका दिनेश केसि,रेडियो परिबर्तन एफ एम का माधब तिमिल्सिना ,विभिन्न विषयगत शाखाका कर्मचारी ,महिला स्वास्थ्य स्वयमसेबिका ,समाजसेवी लगायत २०० भन्दा बढी ब्यक्तिहरुको उपस्तिथि रहेको थियो।

साथै अधिकाङस बोल्ने बक्ताहरुले उक्त स्वास्थ्य चौकिको ब्यबस्थापनमा सक्दो सहयोग गर्ने,कर्मचारीको ब्यबस्थापन गर्ने,निकट भबिस्यमै बर्थिङ सेन्टरको स्थापना गर्न लगायतका कुरामा प्रतिबद्ध रहेको पनि बताएका छन।

उक्त उदघाटन कार्यक्रममा वडा न:-३ का वडा सदस्य उजिर सिङ रोकायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी बिनायकका हेल्थ असिस्टेन्ट मङ्गल शाहिले गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया