अछाम जिल्लामै पहिलोपटक देखापर्यो सलह,खाध्य संकट आउन सक्ने भन्दै किसान चिन्तित

सुनिल अधिकारी,अछाम।
२०७७ साउन ११ गते,रोज ०१

अछाम – जिल्लामा पहिलो पटक सलह किरा देखिएको छ। अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा ठुलो सङ्ख्यामा सलह किरा देखिएको हो ।

दैलेखको सिमाना हुदै शनिबार मध्यान्न १२ बजेतिरे कुईकाको भुलबाडा टोलमा सलह देखिएको हो । ठुलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेको छ ।

किसानले लगाएका मकै लगायतका अन्य बालीनालीमा लाखौ बराबरको क्षति गरिसकेको स्थानिय कम्मानसिंह भुलले जानकारी दिनुभयो । सलहले बालीनालीमा क्षति गर्न थालेपछि खाद्य संकट आउन सक्ने भन्दै किसान चिन्तित भएका छन् ।

उक्त्त किरालाई अनेक तरिकाले भगाउन खोज्दा पनि नभागेको र अहिलेपनि सलहले बालीनालीमा व्यापक क्षति गरिरहेको स्थानिय भुलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया