सलहले बितन्डा मच्चाउदै बिनायकमा,तितरबितर पार्न तयार हुनुपर्नेमा अधिकृत शाहिको शुझाब

२०७७ साउन १६ गते रोज ०६
सुनिल अधिकारी,अछाम

बिगत २ दिन देखि अछाम को पन्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपालिकाको खेतीयोग्य जमिनमा सलह किरा ले बितन्डा मच्चाइरहेको छ।करिब ४००००० बराबरको समुहको झुन्डमा आएको उक्त किराले किसानको खेतीपातीमा नोक्सान पुर्याउदै आइरहेको छ।करिब ३ महिना जीवन चक्र अबधि भएको सलह किरा मिति २०७७/३/१३ गते शनिबारको दिन भारत हुंदै नेपाल प्रवेश गरेको हो ।

बायूको झोका र दिशा संगै बहने यो किरा फट्यांग्रा समुहको किरा हो र यसको शारिरिक बनावट फट्याग्रा जस्तै देखिने हुन्छ । मकै, धान र गहुं बालीमा फौजिकिराको शख्त क्षती ब्यहोर्दै आएका कृषकहरुमा फेरी सलह किराले आक्रान्त फैलाउने करिब निश्चित प्राय नै छ ।

सन् १९६२ मा यो किरा नेपालमा देखिएता पनि तत्पश्चात यस किराको बारेमा नेपाली कृषक तथा प्राविधिकहरु अभ्यश्त भई सकेका छैनन् । तथापी केहि समय अघि भारतमा देखा परेको र अत्यधिक क्षती गरेको यो किराको क्षतीको प्रकार र नेपालमा यसको आगमन हुने सक्ने कृषि विज्ञहरुले पूर्बानुमान गरिसकेका थिए ।

आधुनिक उपकरण, ड्रोन, हेलिकप्टर आदि बाट विकसित मुलुकमा विषादिको प्रयोग गरि यस किराको ब्यवस्थापन/नियन्त्रण गर्दै आएता पनि नेपालमा हालको अबस्थामा यो विधि सम्भव प्राय देखिदैन ।

छिमेकी राष्ट्र भारतको सलह किरा ब्यवस्थापनमा गरिएको अनुभव तथा अन्य अध्ययन प्रतिवेदन, बैज्ञानिक लेखको आधारमा यस किराको बारे केही आधिकारीक निकायहरुले कृषक माझ सुचना प्रकाशन गरि कृषकलाई सावधानी हुन अनुरोध गरिसकेका छन् । यसै बिच हाम्रा नेपालगन्ज कन्चन सहकर्मी कुलेन्द्र बि क ले कोरोना बाट बालिनालिलाइ बचाउन के गर्ने?यस्को प्रकृति कस्तो छ?लगायतका विषयमा बाली संरक्षण प्रयोगशाला खजुरा बाकेका बाली बिकास अधिकृत कोमल शाही सङ्ग कुरा गर्दा उहाले एक दिनमा करिब १५० कि. मि. सम्म सानो वा ठूलो झुण्डमा उड्न सक्ने क्षमता भएको यो किरा हाल नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, पाल्पा, स्यांङजा र कपिलबस्तु,अछाम जिल्लामा प्रवेश गरिसकेको पाइएको छ ।

यस किराको बच्चा र बयश्क दुबैले बालीको क्षती गर्न सक्ने, सामुहिक रुपमा आक्रमण गर्ने, आफ्नो तौल बराबरको खाना खान सक्ने र बयश्कको उडान क्षमता निकै बलियो भएकोले अन्य किराको भन्दा यस किराको ब्यवस्थापन सहज र सरल देखिदैन । तथापी क्षती हुनु पूर्ब नै सबै कृषकहरु सचेत रहेमा यस किराको सरल ब्यवस्थापन गर्न सकिन्छ ।

ब्यबस्थापनका विधिहरु प्लान्ट क्वारेन्टाइन तथा विषादि ब्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्धारा मार्गनिर्देश निम्नानुसार गरिएको छ । तथापी यस प्रयोगशालाको बुझाईमा तत्काल गर्नुपर्ने कार्यहरु निम्नानुसार उल्लेख गरिएको छ ।

१। कृषकहरु विशेष गरि आफ्नो बालीनालीको दैनिक अबलोकन गर्ने र तल चित्रमा उल्लेख गरिएको जस्तो सलह किरा देखिना साथ यस प्रयोगशाला तथा स्थानिय निकायको कृषि शाखामा तुरुन्त जानकारी गराउने ।

२। हालै राखिएको धानको नर्सरी ब्याडमा दैनिक समय समयमा अवलोकन गरि उच्च शतर्कता अपनाउने, सम्भव भए सम्म जाली वा झुलले नर्सरी ब्याडलाई संरक्षण गर्ने ।

३। मिर्मिरे उज्यालोमा नै बारीको अवलोकन गरि नजिकका झुप्प परेका रुख विरुवाहरुमा सलहको बासस्थान एकिन गर्ने, यदि सलह किरा देखिएमा निम्नानुसारको सिफारिस रासायनिक विषादी तत्काल प्रयोग गर्ने वा झुल वा जालीको प्रयोग गरि किरालाई पाशोमा पार्ने ।

४। घरेलु रुपमा उत्पादन गरिएको निमजन्य बानस्पतिक विषादि वा झोलमल १:३ पानीको अनुपातमा हुर्कि सकेको बोटमा भिज्ने गरि छर्कने र ठुलो आवाज हरु (भाडाकुंडा, साउन्ड सिस्टम आदिबाट) निकाल्ने । (बारी वा खेतको सिमा जोडिएका कृषकहरुले एकैसाथ यो कार्य गर्दा जोखिमयुक्त खेतबारीबाट सलह किरालाई अन्यत्र स्थानान्तरण गराउन सकिन्छ।

तसर्थ यसबाट बालिनालिलाइ सलह किराबाट बचाउनका लागि माथिका उपायहरु अवलम्बन गर्दा केही हद सम्म क्षति कम हुने पनि उहाले जानकारी दिनुभएको छ।

तपाइको प्रतिक्रिया