बलात्कारको आरोपमा कैलालीका एकजना वडा सचीव पक्राउ

कन्चन खवर संवाददाता
२०७७ साउन २१,रोज ०४

अछाम : कैलालीको भजनी नगरपालिका वडा नम्वर ४ का वडासचिव बलात्कारको आरोपमा पक्राउ परेका छन्। वडासचिव सुमनकुमार चौधरीलाई एक महिलाले बलात्कारको आरोप लगाउदै उजुरी दिएपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको भन्दै ति महिलाले उजुरी दर्ता गरेपछि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए।

चौधरीविरुद्ध जबरजस्ती करणीमा उजुरी परेको उनले बताए। घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयास समेत भएको स्थानीयले बताएका छन्। घटना मिलाउने कार्यमा जप्रतिनिधि नै संलग्न रहेको स्रोतको दावी छ। महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो।

तपाइको प्रतिक्रिया