सक्रिय अछामका मृगौला पिडित पत्रकार बिसि द्वारा सहयोग को अपिल

सुनिल अधिकारी,अछाम।
२०७७ साउन २२ गते रोज ५

अछाम जिल्लामा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका रेडियो सोसाईटी एफएमका कार्यकारी निर्देशक पत्रकार ध्रुव बिसी यतिबेला काठमाण्डौमा उपचारार्थ हुनुहुन्छ ।

उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएपछि पत्रकार बिसि काठमाण्डौको बिर अस्पतालमा उपचार गराईरहेका छन । बिगत १ महिना देखि अस्पतालको शैयामा मिर्गौलाको डायलासिस गराई रहनुभएका पत्रकार बिसि यतिबेला आर्थिक अभाबमा रहनुभएको छ ।

बिज्ञ चिकित्सकको सल्लाह अनुसार उहाँको २ वटै मिर्गौला प्रत्यारोपण गर्नुको अर्को बिकल्प छैन । मिर्गौला प्रत्यारोपण गर्नका लागी पत्रकार बिसिलाई करीब २० लाख आवश्यक देखिएको अस्पताल स्रोतले जानकारी दिएको पिडित पत्रकार बिसिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन ।

अछाम जिल्लामा बसेर सक्रिय रुपमा पत्रकारीता गर्दै आएका पत्रकार बिसिले अछाम जिल्लामा बिद्यमान कुरीति कुसँस्कार र अन्धबिश्वासका बिरुद्ध कलम चलाउँदै आउनुभएको थियो ।

सहयोगका लागी पत्रकार बिसिले सामाजिक सञ्जालमा यसरी अपिल गरेका छन ।

तपाइको प्रतिक्रिया