अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशुचौपाया मरे

कन्चन खबर सम्बादाता
२०७७ साउन २३, रोज ६

अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशु चौपाया मरेका छन्।

 जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात रोगका कारण दुई भैँसी र पाँच बाख्रा मरेका हुन्।

स्थानीय नन्द सिह बोहराका तीन बाख्रा, रुपा बोहराका दुई बाख्रा र नरेश बोहराका दुई भैँसी मरेका हुन्।

घाँसपानी नखाने र पेट फूल्ने समस्या देखिएर पशुचौपाया मरेको स्थानीयले कन्चन आवाजलाई बताएका छन्। 

तपाइको प्रतिक्रिया