सुदूरपश्चिममा आज ‘वल्के’ पर्व मनाईदै

कन्चन खवर संवाददाता
२०७७ भदौ १ गते,रोज २

सुदूरपश्चिम प्रदेशका आज ‘वल्के’ पर्व मनाईदै छ। कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा यो पर्व मनाउने गरिन्छ। भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। जेठो पर्वका रुपमा समेत वल्के मनाईन्छ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताए।

तपाइको प्रतिक्रिया