हिजो राती परेको चट्याङ ले रेडियो परिवर्तन मा ठूलो भौतिक क्षति,

सुनिल अधिकारी ,अछाम ।
२०७७ भाद्र ०७ गते,रोज ०१

हिजो राती अविरल वर्षा सङै परेको चट्याङले रेडियो परिबर्तन एफ.एम मा ठूलो भौतिक क्षति गरेको छ।

राती करिब १२ बजे तिर पानी सङ्गै परेको चट्याङ ले रेडियोमा प्रयोग हुने युपियस,राउटर,सिपियु स्टिप्लाइजर कम्प्युटर हाइब्रेड, टेलीफोन सेट लगायत अन्य बिधुतिय उपकरण मा क्षति पुगेको रेडियो परिवर्तन एफ.एम.का कार्यकारी निर्देशक नितेश रिमालले बताउनुभएको छ।

साथै ,रेडियोमा के कति क्षति भयो भन्ने बारे एकिन तथ्यांक आउन भने बाकी रहेको छ।

तपाइको प्रतिक्रिया