पन्चदेवल घर भएकी एक महिलाले गरिन आत्महत्या

कन्चन आवाज,खबर सम्बादाता
२०७७ भाद्र ०७ गते,रोज ०१

अछाममा एक महिलाले आत्महत्या गरेकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ बस्ने भैरव कडायतको श्रीमती बर्ष ३५ की भद्रा कडायतले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले पञ्चदेवल २ ढुङ्गे स्थित आफ्नै खर्कबाट अन्दाजी १० मिनेटको दुरीमा झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आत्महत्या गरेको जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय विनायकबाट ५ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटनास्थाल ईलाका प्रहरी कार्यालयबाट करिब १७ किमि उत्तर पूर्वमा रहेको छ । पछिल्लो समय जिल्लामा आत्महत्या गर्नेको संख्या बढीरहेको छ । लकडाउन भएको, महिला हिंसा बढेको लगायतका कारणले आत्महत्याका घटना बढीरहेको पाईएको छ ।यो समाचार हामिले जनपृय एफएम बाट लगेका हौ।

तपाइको प्रतिक्रिया