सुदुरपस्चिममा प्रहरिमा फैलिदै कोरोना,

कन्चन खवर संवाददाता
२०७७ भदौ ८ गते,रोज ०२

अछाम – सुदूरपश्चिम प्रदेशमा सुरक्षाकर्मीमा पनि कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। नाकामा उद्धामा खटिएका, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका र सरकारी आदेश कार्यान्वयनमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिन थालेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २७ पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीका अनुसार बाजुराका ६, कञ्चनपुरका ६, बैतडीका पाँच, कैलालीमा चार, डोटीका तीन र अछामका तीन जना गरी २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रमुख सुवेदीले १४ जनाले कोरोना जितेको र बाँकी १३ जनाको उपचार भईरहेको दिनेश खवरलाई जानकारी दिए।

तपाइको प्रतिक्रिया