तालागाड जलबिधुत आयोजना फेरि अबरुद्ध ,अज्ञात समुहल्रे तोडफोड गरेको खुलासा,,

सुनिल अधिकारी,अछाम ।
२०७७ भाद्र ९ गतें,रोज ०३

पुर्बी अछाम को पन्चदेवल बिनायक नगरपालिका भित्र बितरण गरिने तालागाड लघुजलबिधुत आयोजना फेरि अबरुद्ध भएको छ।

सधै जसो प्राबिधिक कारण ले अबरुद्ध हुने बिधुत सेवा, हिजो को कारण भने फरक रहेको छ।हिजो राती करिब ९:४५ बजे सम्म सुचारु रहेको बिधुत सेवा त्यसपछि एकाएक बन्द भएको थियो।

बन्द गरेको करिब आधा एक घन्टा पछि सुनियोजित रुपले आएको एक अज्ञात समुहले उक्त जलविद्युत आयोजनाको करिब ६०-७० मिटर को कुलो अर्थात बाध तोडफोड गरेको तालागाड लघुजलबिधुत आयोजना का लेखापाल गणेश शाहिले जानकारी दिए।

साथै कन्चन आवाजले तपाइको अनुमान मा यस्तो क्षति कस्ले गर्यो होला भनेर सोधेको प्रश्नमा उहाले”सामान्य ब्यक्ति नभई यसमा उच्च अहोदाका सरकारी कर्मचारी को सङ्लग्नता रहेको ” प्रष्ट पार्नुभयो।

यसरि ,पटक पटक विभिन्न कारण ले बिधुत सेवा अबरुद्ध हुदा नगरपालिका स्थित सन्चार क्षेत्र ,आइ एमि, बैङ्किङ क्षेत्र ,लगायत अन्य सरकारी कार्यालय लगायत नगरबासि मा नकारात्मक प्रभाव परेको छ।

यसैबीच ,उक्त बिद्युत सेवा सन्चालन हुनको लागि केही दिन लाग्ने खबरमा जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया