तालागाड जलविद्युत तोडफोड गर्ने अध्यक्ष विरुद्ध कार्बाहिको माग गर्दै नेकपाले निकाल्यो बिरोध र्याली

कन्चन आवाज ,अछाम ।
२०७७ भाद्र १४ गते

जिल्लाको को पन्चदेवल बिनायक नगरपालिका भित्र बितरण गरिने तालागाड लघुजलबिधुत आयोजना तोडफोड गर्न लगाउने
वडा न:५ का वडा अध्यक्ष कुल बहादुर बुढा लाई कार्बाहिको माग गर्दै आज नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) पन्चदेवल बिनायक नगरकमिटिले बिरोध र्याली सहित नगरपालिका घेराउ गरेको छ।

बिरोध र्याली कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) प.बि.न.पा .नगर कमिटी को कार्यालय देखि बजार परिक्रमा गरि पन्चदेवल बिनायक नगरपालिका को कार्यालयमा कोण सभा मा परिणत भएको थियो।कोण सभा कार्यक्रम मा बोल्दै नगरकमिटी का सदस्य अमर बि.क.(आह्वान )ले “नगरपालिका को समग्र बिकाश गर्न जनप्रतिनिधि छनोट गरेपनी पछिल्लो समय तिनै जनप्रतिनिधि ले जनतालाई दु.ख दिनु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो।

जनतालाइ कहिले क्वारेन्टाइन को नाममा दु.ख दिनु,कहिले खानेपानी को पहुँच बाट बन्चित गराउनु,कहिले विभिन्न राजनैतिक किचलोले शास्ती र पीडा महसुस गराउनु मानबिय धर्म र मर्यादा नभई आफ्नो निजि जिबनलाइ शुखमय बनाउन खोजिएको धारणा व्यक्त गर्नुभयो ।

एक फरक प्रसङ्गमा बोल्दै आह्वान ले यसरी जनतलाइ हरेक कुरामा दुख दिएर नगरको सिंह हुन खोज्नु एउटा अभिसाप भएको बताए ।

साथै उक्त बिरोध र्याली कार्यक्रम मा नेकपाका नेता,कार्यकर्ता, सुभेच्छुक,सुभचिन्तक लगायत करिब ८०-९० जनाको सहभागीता रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा न:३ का वडा कमिटि अध्यक्ष जनक जैसिले कन्चन आवाज सङ्गको दोहोरो बार्तामा जानकारी दिए।

यसैबिच,नगरपालिका ले यस्ता अराजक गतिविधि गर्ने अध्यक्ष लाई कानुनी सजाए नदिएर बचावट गर्न खोजेमा नेकपाले थप संर्घसका कार्यक्रम पनि थाल्ने खबरमा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया