बिनायकका वडा सदस्य रोकायका का श्रीमानको नदिमा डुबेर मृत्यु, २ जना बेपत्ता

  • सुनिल अधिकारी,अछाम
  • २०७७ भाद्र १८ गते,रोज ०५

जिल्ला को पन्चदेवल बिनायक नगरपालिका वडा न:-३ का वडा सदस्य रेमन्ती रोकायका श्रीमान ४० बर्षका बल बहादुर रोकाय को आज नदिमा डुबेर मृत्यु भएको छ।

बर्दिया जिल्ला को कोठिया घाटमा नदि तर्ने क्रममा मृत्यु भएको पन्चदेवल बिनायक नगरपालिका वडा न:-३ का वडा सदस्य उजिर सिंह रोकायले बताउनु भयो।

साथै,उक्त खोला तर्नै लाग्दा मृतकका भतिजी पबि रोकाय र भरत कडायत पनि बेपत्ता रहेका छन।

बेपत्ता उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया ले जनाएको छ।

तपाइको प्रतिक्रिया