सुदुरपश्चीममा रोजगाार कार्यक्रम प्रभाबकारी देखिएन

  • कन्चन आवाज
  • २०७७ भाद्र २२ गते,रोज ०२

 

सुदुरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७र२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।
ब्मखभचतष्कझभलत

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको बताइन् । जसको लागि प्रदेशको ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिन् ।

मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्न समेत सूचना जारी गरेको छ ।

मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छापेश गर्न अपिल गरेको छ । कार्यक्रम अन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ ।

मन्त्री चौधरीले भनिन्, ‘अहिलको परिस्थितिमा विदेशबाट फर्केका, स्वदेशमै पनि रोजगारी गुमाएका तथा बेरोजगार भएकालाई छोटो अवधिमा स्वरोजगार बनाउन सकिन्छ भने त्यो कृषि क्षेत्रबाट मात्रै हो । हामीसँग विभिन्न कार्यक्रमहरू छन् । कोरोना प्रभावितलाई कुनै न कुनै कार्यक्रममार्फत अनुदान प्रदान गरेर ९ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने कार्यक्रम ल्याएका छौं ।’

स्वरोजगारको कार्यक्रमसँगै बीमाको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको तयारी छ । विभिन्न समयमा कृषि व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न तथा लगानी सुरक्षित गर्न कृषि व्यवसायलाई बीमासँग जोड्ने कार्यक्रम ल्याएको मन्त्री चौधरीले बताइन् ।

मन्त्रालयले हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरारहाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गरिने जनाइएको छ ।

कार्यक्रमको लागि मात्रै १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनायो । पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै १६ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि पुनः भारततिरै

कोरोनाको महामारी फैलिएपछि गत चैत्र महिनायता झण्डै डेढ लाख नेपाली गौरीफन्टा नाका भएर सुदूरपश्चिम प्रदेश गरेका थिए । तर भारतमा दैनिक हजारौं जना कोरोनाको संक्रमित थपिरहेको बेला भारतबाट फर्केका नेपालीहरू पुनः दिनका दिन फर्किन थालेका छन् । लामो लकडाउन तथा स्वदेशमा रोजगारीको कुनै आधार नभएपछि उनीहरू धमाधम पुनः भारत फर्किरहेका हुन् ।

भारतबाट स्वदेश फर्किने नेपालीको तुलनामा उतै जानेको संख्या झण्डै ३ गुणा बढी रहेको पाइएको छ । कञ्चनपुरको डोकेबजार प्रहरी चौकीको तथ्यांक अनुसार भदौ १३ गतेपछि १ हप्तामा भारतबाट ६२८ जना नेपाल फर्किएका छन् । भारत पस्नेको संख्या भने त्यहीँ अवधिमा १ हजार ५५२ जना रहेको छ ।

डोकेबजार चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले भने, ‘अहिले नेपाल आउनेभन्दा भारत पस्नेको संख्या बढी छ । नेपालमा रोजगारी नै पाइएन भन्छन् । कोरोनाको डर पनि लाग्दैन भन्छन् ।’

कैलालीको त्रिनगर नाका भएर दैनिक २५० जना भारत जान थालेका छन् । भारतीय पक्षले उनीहरूको आधार कार्ड भए जान दिने गरेको छ । आधार कार्ड नभएकाहरू पनि आफ्ना ‘मालिक’ नाकामै आउन थालेपछि भारत पस्न सजिलो भएको छ ।

तपाइको प्रतिक्रिया