असोज ३ गते कालो दिन भन्दै जनकपुरमा बिरोध र्याली प्रदर्सन

  • कन्चन आवाज,अछाम।
  • २०७७ असोज ०३ गते,रोज ०७

जनकपुरधाममा जनता सामाजवादी पार्टीका कार्यकर्ताले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका छन्।

आज ‘असोज तीन, कालो दिन’ भन्दै जनकपुरधाममा जसपाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। नेपालको संविधान जारी भएको विरोधमा प्रत्येक वर्ष झै यस वर्ष पनि उनीहरुले प्रदर्शन गरेका छन्।

उनीहरु असोज तीन, कालो दिन भन्दै जनकचोकदेखि विरोध र्‍याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो।

विरोध र्‍यालीमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन्।

विरोध र्‍यालीमा प्रदेश नम्बर २ का सांसद परमेश्वर साह, जनकपुरधामका उपप्रमुख रिता कुमारी मिश्र लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। जसपाले आज साँझ साढे ६ बजेदेखि पौने सातबजेसम्म १५ मिनेट ब्लाक आउट गर्ने कार्यक्रम समेत निर्धारण गरेको छ।

 

तपाइको प्रतिक्रिया