माइतीघर मण्डलामा नरवणे भ्रमणको विरोध,,

  • कन्चन आवाज
  • २०७७ कार्तिक १९ गते,रोज ०४

 

नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए

तपाइको प्रतिक्रिया