अमेरिका-अहिलेसम्मको मतपरिणाममा बाइडन अघिअघि, ट्रम्प पछिपछि

राष्ट्रपति डोनल्ड ट्रम्प २१३ सीटका साथ पछिपछि  रहेका छन।

१० वटा राज्यले अहिलेसम्म निर्वाचन परिणाम घोषणा गरेका छैनन् ।
रस्ट बेल्टका तीनवटा राज्यहरू मिशिगन, पेन्सिल्भेनिया र विस्कोन्सिनको परिणाम छिटै आउने सम्भावना छैन ।
तर एरिजोना, जर्जिया र नर्थ क्यारोलाइना जस्ता राज्यहरूमा पनि निकै चासो रहनेछ ।
जर्जिया र र नर्थ क्यारोलाइना ट्रम्पले जित्ने सम्भावना छ भने एरिजोनाले यसपालि डेमोक्रेट उम्मेदवार जो बाइडनलाई पत्याउने देखिएको छ ।

बाइडनले एरिजोना जिते भने डेमोक्रेटहरूलाई ठूलो सफलता हात लाग्नेछ किनकि परम्परागत रूपमा रिपब्लिकनको पकड रहेको यो राज्यले सन् १९५० को दशकमा एकपटक मात्र डेमोक्रेटहरूलाई जिताएको छ ।

त्यसमा जीत हासिल गरेमा बाइडनले रस्ट बेल्टमा जित्न सहज हुनेछ । अन्तिम जीतका लागि उनले पेन्सिल्भेसनियाको परिणाम कुरिरहनु पर्ने छैन ।

तपाइको प्रतिक्रिया