अस्लिल अडियो कान्डमा मुछिएका कैलालीका २ जना जनप्रतिनिधि कार्यक्षेत्रमा आउनै छोडे,,

  • कन्चन आवाज
  • २०७७ कार्तिक २३ गते,रोज ०१

अश्लील अडियो काण्डमा मुछिएपछि कैलाली जिल्लाका २ जना जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको छ ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीचको अश्लील अडियो बाहिरिएपछि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको हो ।

नेकपाबाट निर्वाचित उनीहरुलाई वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको नेकपा चुरे गाउँपालिका कमिटीका अध्यक्ष दान महराले बताए । उनीहरुलाई पार्टीबाट निस्कासित गरिएपनि वडा सदस्यको पदबाट हटाउने अधिकार गाउँ कमिटीलाई नभएको महराको भनाइ छ ।

तर, निस्कासित गरिएपछि उनीहरुलाई वडा कार्यालयको कामकाजमा आउन छोडेको चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले जानकारी दिए ।

केही महिना अघि सडकको अनुगमन गर्न गएका बेला वडा सदस्यद्वय धामी र नेपालीबीच भएको अन्तरंग संवादको अडियो बाहिरिएको थियो ।

सो अडियो बाहिरिएपछि निर्वाचित जनप्रतिनिधि नै अनैतिक गतिविधिमा लागेको भन्दै प्रतिपक्षी दलहरुले प्रेस वक्तव्य नै जारी गर्दै कारवाहीको माग गर्दै आएका थिए ।

यो खवर दिनेश खबर बाट लगेका हौ।

तपाइको प्रतिक्रिया