नेकपा अछामको चौथो वैठक सदरमुकाम मंगलसैनमा सम्पन्न

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ मङ्सिर ०४ गते,रोज ०५

 

नेपाल कम्युष्टि पार्टी नेकपा अछामको चौथो वैठक सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ ।

जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युष्टि पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज डा.भीम रावल रहनुभएको थियो ।

नेता रावले कार्याकताई गुटउपगुटमा नलागी पार्टी संगठनलाई सुदृढ बनाउने अभियानमा लाग्ने निर्देशन दिनुभएको छ । उहाँले पार्टी एकताको लागि स्थानीय स्तरबाट दवाब दिनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला कमिटीको वैठकले जिल्ला कमिटी सदस्यमा प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुँवर, प्रेस संगठनका जिल्ला संयोजक नरेन्द्र रावललाई चयन गरेको छ ।

वैठकले सदस्यता नविकरण गर्ने कार्यलाई निरन्तरता दिने, जनप्रतिनिधि र पार्टीविच अन्तरक्रिया गर्ने, पार्टी नेतृत्वलाई एकतावद्धको लागि दवाव दिने, जनसंगठनको पूर्णता दिने लगायतका निर्णय गरेको कार्यालय सचिव नमराज न्यौपानेले कन्चन आवाजलाई  जानकारी दिनुभएको छ ।

बैठकमा नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इञ्चार्ज तारामान स्वार, केन्द्रीय सदस्य तथा अछाम जिल्ला सहसंयोजक शरद सिंह भण्डारी, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोविन्द कुँवर, लोकबहादुर वोहरा, बल बहादुर सोडारी, झंकर साउँद लगायतको सहभागिता रहेको थियो । वैठकको सञ्चालन पार्टी सचिव झपट साउदले गर्नभएको खबर प्राप्त भएको छ।

तपाइको प्रतिक्रिया