फेरि स्थगित भयो साउन ६ गते सम्मका लागि नेकपा स्थायी कमीटिको बैठक-कन्चनआवाज

२०७७ साउन ०४ गते रोज ०१
४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

तपाइको प्रतिक्रिया