डडेल्धुरामा मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति पक्राउ

कन्चन संवाददाता
२०७७ साउन ८,रोज ०५

डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथी सार्वजनिक स्थलमै दुव्र्यवहार गरेको भन्दै नेपाली काँग्रेसका नगर सभापति पक्राउ परेका छन्।

बैठक संञ्चालनकै क्रममा नगर प्रमुखमाथि दुव्र्यवहार गरेको भन्दै काँग्रेसका अमरगढी सभापति दानबहादुर पाललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए।

आफुमाथि बैठक संचालनकै क्रममा पालले दुव्र्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका प्रमुख ओझाले प्रहरीमा ठाडो निवेदन दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए।

डडेल्धुराको तुफानडाडा चोक देखी अस्पताल सम्मको सडक फराकिलो गर्ने बिषयमा डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी पालले नगरप्रमुख ओझालाई दुब्र्यवहार गरेको ठाडो निवेदनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया