कैलाली बाट पक्राउ परेकी बिल्पब नेकपाकि नेतृ पुर्णिामा रिहा

कन्चन खवर संवाददाता
२०७७ साउन २९ गते,रोज ५

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामी रिहा भएकी छन्। बुधबार जिल्ला अदालत डडेल्धुराले उनलाई १५ हजार धरौटीमा उनलाई रिहा गरेको हो।

जिल्ला अदालत डडेल्धुराले नेतृ धामीसँग १५ हजार धरौटी माग गरेको थियो। धरौटी बुझाएपछि उनी रिहा भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनसँगै गत असार ३१ गते कैलालीमा पक्राउ परेकी धामीलाई सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। मंगलबार पुनः उनलाई कैलालीबाट प्रहरीले पक्राउ गरी डडेल्धुरा पुगाएको थियो।

उनका श्रीमान पुन भने जिल्ला अदालत कैलालीले माग गरेको ५० हजार धरौटी नबुझाएपछि कैलाली कारागार चलान भएका छन्। यो खबर हामिले दिनेश खबर बाट लिएका हौ।

तपाइको प्रतिक्रिया