ओली–प्रचण्डको कार्याधिकार अस्पष्ट, माधवकुमार नेपालले असन्तुस्ट,,

कन्चन आवाज
२०७७ भाद्र २१ गते,रोज ०१

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गठन गरेका कार्यदलप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा नेता नेपालले पार्टीभित्रको विवाद समाधान गर्न बुझाएको प्रतिवेदनमा सबै कुरा खुलस्त नभएको भन्दै असन्तुष्टि जनाएका हुन्‌।

अध्यक्षद्वयले महासचिव बिष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले पार्टीभित्रको विवाद समाधानका लागि स्पष्ट खाका नल्याएको भन्दै नेपालले १५ बुँदामा असन्तुष्टि व्यक्त गरेका छन्‌।

नेकपामा पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको कार्यविभाजन, ’एक व्यक्ति(एक पद’को एजेण्डा, प्रधानमन्त्री ओलीको कार्यशैली, सरकार र पार्टी बीचको समन्वय अभाव लगायतका विषयमा विवाद उत्कर्षमा पुगेको थियो। तर, कार्यदलले पार्टीभित्रको विवाद समाधान हुनेगरी स्पष्ट रुपमा प्रतिवेदन नल्याएको नेपालले दावी गरेका छन्‌।

तपाइको प्रतिक्रिया