पन्चदेवल विनायक नगरपालिका मा काङ्रेस लाई ठूलो धक्का,एकैदिन २५ जना नेकपामा प्रबेश,,

  • सुनिल अधिकारी ,अछाम ।
  • २०७७ भाद्र २४ गते,रोज ०४

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरेर २५ जना नेकपा प्रवेश गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा न ४ कालिकास्थानमा नेपालि कांग्रेस परित्याग गरि एक कार्यक्रम का बिच २५ जना काङ्ग्रेसका सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका नगर इन्चार्ज राम बहादुर ले नव प्रवेशीलाई टीका र खादा ओडाइ स्वागत गर्नु भएको थियो ।

नगर इन्चार्ज राम बहादुर बिक ले नेपाली काङ्ग्रेस ले जनता को अपेक्षा अनुसार काम गर्न नसक्ने ठोक्कुवा गर्नु भएको छ ।

खानेपानी बिधुत कुलो लगायत बिकाश का सङ्रचना हरु भत्कायर जनता लाई प्रतेक्ष्य असर पुगेको ले अब नेकपा को बिकल्प न भएको बताउनु भएको छ ।

नगरपालिका सरकार को नेतृत्व समेत गरि रहेको काङ्रेस ले जनता को सेवा गर्न सकेन , बिकाश निर्माण भन्दा पनि ब्यक्तिमुखी भएको ले अब नगर्वासी ले सचेत रहन आग्रह गर्नु भएको छ ।

नेकपा जिल्ला सचिवालय सदस्य भिम बिस्ट सचिवालय सदस्य योगेन्द्र बिस्ट नगर अध्यक्ष नितेश रिमाल ले नव प्रबेशी हरु लाई सुभकामना एवम स्वागत गर्नु भएको थियो ।नव प्रवेशीहरूले कांग्रेसबाट देश र जनताका पक्षमा काम हुन नसक्ने निष्कर्ष सहित आफूहरूले कांग्रेस परित्याग गरेको बताएका छन् ।

कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेहरूमा नेपाली काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि कर्ण बिस्ट काङ्ग्रेस जिल्ला कार्यसमिती समेत रहनु भएका दत्त वोगटि ,सहित २५ जना रहेको नेकपा नगर अध्यक्ष नितेश कुमार रिमाल ले बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया