अनुहार जोडेर नेपाली नायिकाको पोर्न भिडियो बनाउने व्यक्ति पूर्व प्रहरी भएको खुलासा,अनुसन्धान जारी ,,

  • कन्चन आवाज
  • २०७७ असोज २९ गते,रोज ०४

प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार अछामको ढकारी गाउँपालिका-५ चैनपुरका ती व्यक्ति किरण बुढा हुन्। उनी नेपाली प्रहरीको जागिर छाडेर केही समय अघि वैदेशिक रोजगारीका लागि दुबई पुगेको र हाल त्यहीँ कार्यरत रहेको ब्युरोका प्रमुख एसएसपी नबिन्द अर्यालले जानकारी दिए।

उनका अनुसार बुढाले विभिन्न फेक फेसबुक पेज बनाएर त्यसमा अश्लील भिडियो र तस्विरहरु पोष्ट गर्ने गरेका थिए। उनले हाम्रो ढकारी अनलाइन खबर नामको फेसबुक पेजमा एक चर्चित नायिकाको ‘फोटो मर्फिङ’ गरि अश्लील भिडियो पोष्ट गरेको प्रहरीले जनाएको छ। ती नायिकाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

अर्यालले आरोपी बुढालाई नेपाल झिकाउने प्रकृया अगाडि बढाइने जानकारी दिए।

तपाइको प्रतिक्रिया