एकाएक नेपालगन्जमा प्रवेश गर्यो सलह ,साबधानी अपनाइदै-kanchan aawaaj

साउन ०१, २०७७,रोज ०५
कुलेन्द्र बि.क.नेपालगन्ज

बाँकेको नेपालगन्जमा सलह किराले प्रबेश गरेको छ । सलह किरा नेपालगन्ज,राझा हुँदै कोहलपुर तर्फ गएको छ । नेपालगन्जका केही ठुला रुखहरुमा केही बेर सलह किरा एक्टिभ भए पनि नेपालगन्जका खेतिमा कुनै असर गरेको छैन ।

नेपालगन्जमा पहिलोपटक सलह किरा देखा परेको छ । नेपालगन्जको आकाशमा लाखौंको संख्यामा सलह किरा देखिँदा स्थानियहरुले थाल तथा अन्य सामाग्री ठटाएर सलह किरा भगाएका थिए ।

यसअघि हिजो बुधबार मात्रै बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो ।

तपाइको प्रतिक्रिया