मृगौला पिडित पत्रकार बिसिलाइ सक्दो सहयोग गरौ-माननीय दुर्गा बि.क.

२०७७ साउन २४ गते रोज ०७
सुनिल अधिकारी,अछाम ।

सुदूरपश्चिम प्रदेश सभा अछाम क्षेत्र न २ कि सदस्य माननीय दुर्गा कुमारी बिक ले जिल्लामा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका रेडियो सोसाईटी एफएमका कार्यकारी निर्देशक पत्रकार ध्रुव बिसी लाई सबैले मृगौला प्रत्यारोपण का लागी सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ।

उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएपछि पत्रकार बिसि काठमाण्डौको बिर अस्पतालको बेडमा उपचार गराईरहेका छन । बिगत १ महिना देखि अस्पतालको शैयामा मिर्गौलाको डायलासिस गराई रहनुभएका पत्रकार बिसि यतिबेला आर्थिक अभाबमा रहनुभएको छ ।

बिज्ञ चिकित्सकको सल्लाह अनुसार उहाँको २ वटै मिर्गौला प्रत्यारोपण गर्नुको अर्को बिकल्प नरहेकोले माननीय बि .क. ले मिर्गौला प्रत्यारोपण गर्नका लागी आफू र प्रदेश सरकार बाट पहल गरिने जानकारी दिएकी छ्न साथै यतिमात्र नभई सम्पुर्ण संघ ,संगठन र संस्था बाट आर्थिक सहयोग गर्नेपर्ने धारणा राखेकी छिन।पत्रकार बिसिलाई करीब २० लाख आवश्यक देखिएको अस्पताल स्रोतले जानकारी दिएको पिडित पत्रकार बिसिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन ।

अछाम जिल्लामा बसेर सक्रिय रुपमा पत्रकारीता गर्दै आएका पत्रकार बिसिले अछाम जिल्लामा बिद्यमान कुरीति कुसँस्कार र अन्धबिश्वासका बिरुद्ध कलम चलाउँदै आउनुभएको थियो ।

तपाइको प्रतिक्रिया