निजामती पेवा कि नागरिक सेवा-मधुश्री

  • पवन मधुश्री
  • २०७७ भाद्र २४ गते,रोज ०४ 

लिखित इतिहास लिच्छवीकलादेखि सुरु हुन्छ । त्यो भन्दा अगाडिको किराँतकलामा राज्यको प्रशासनिक, न्यायिक, धार्मिक र राजनीतिक क्रियाकलापहरू ‘मुन्थुम’ बाट सञ्चालन हुने भएकोले निजामती शब्द प्रयोग भएको पाइँदैन ।

लिच्छवीकलामा केन्द्रीयस्तरमा महाप्रतिहार, प्रतिहार, सामन्त, महासामन्त, सर्वदण्डनायक जस्ता अधिकारीहरू स्थानीय तहमा पाञ्चाली (व्यक्तिहरूको समूह)बाट प्रशासन सञ्चालन गरिन्थ्यो ।

मल्लकालमा उमराओ, भण्डारनायक, टक्सारी, चरिदार, कोतवाल, महापात्र, उमराव, मुखिया आदिजस्ता पदहरूबाट देशको प्रशासन सञ्चालन गरिन्थ्यो र यहाँसम्म पनि निजामती शब्दको प्रयोग भएको पाइँदैन ।

पहिलो चोटि निजामती र सैनिक प्रशासन दुई बेग्लाबेग्लै अङ्गबाट गरिने कार्य राणाकालमा सुरु भए पनि निजामती शब्दको उच्चारण भएको पाइँदैन । राणाकालमा नागरिक सेवा प्रशासनका प्रमुख चिफ साहेब र सैनिकतर्फ लाठसाहेब प्रमुख हुने व्यवस्था भयो । सर्वसाधारणका लागि बडाकाजी माथिका पदहरूमा बन्देज लगाइएको थियो ।

प्रधानमन्त्री नै निजामती सेवाको माथिल्लो पद मानिन्थ्यो । चौतारा, मुख्तियार, भारदार, बडाकाजी, काजी, सरदार, सुब्बा, खरिदार, कप्तान, मिरमुन्सी, उमराओ, जमदार, लाजिमा, अघई, प्रधान, धर्माधिकार, पुरोहित, बहिदार,नौसिदा, सिपाही, टहलुवा, लगायतका पदहरू राणाकालका केन्द्रदेखि स्थानीय तहसम्म सेवा प्रवाहका लागि प्रचलनमा आएका पदहरू थिए ।

यो लेख हामिले प्रशासन डटकम बाट लगेका हौ।

तपाइको प्रतिक्रिया